काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार लोकल गाजर प्रतिकेजी न्यूनतम मूल्य १००, भारतीय प्याँज प्रतिकेजी मूल्य ३४, घिउ सिमी लोकल १००, कुरीलो प्रतिकेजी २००, काउली स्थानिय प्रतिकेजी ५० रुपैयाँ , आलु रातो ४४, नेपाली गोलभेडा ठूलो ६०, टनेल गोलभेडा सानो १९, लौका ८० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २५० रुपैयाँ , ब्रोकाउली ६०, कागती १५० रुपैयाँ,तोरीको साग रू ४०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ६०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १२०, अनार ३८० रुपैयाँ, आभोकाडो ६०० रुपैयाँ, अंगुर कालो ५२०, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ, रहु माछा ३१५, ताजा माछा९मुंगरी० ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै, मालदह आँप ७०, हरियो धनिया १००, लोकल लीच्ची १२०, खु्र्सानी सुकेको ४५०, लसुन १५०, चाइनिज लसुन २२०, छ्यापी सुकेको १३० मा कारोबार भइरहेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts