काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले कर्मचारीका सन्तानका लागि डे केयर सुविधा पुनः सञ्चालनमा ल्याएको छ । बैंकले नयाँ बानेश्वरस्थित कर्पोरेट भवनमा यस्तो सुविधा सञ्चालनमा ल्याएको हो । डे केयरको नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा. निलम ढुंगाना तिम्सिना र स्ट्याण्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वण घोष दस्तीदारले सोमबार उद्घाटन गर्नुभएको हो ।
सन् २०१३ मा सुरु गरिएको डे केयर कोरोना महामारीका कारण अस्थायीरूपमा बन्द गरिएको थियो । काम गर्ने आमाहरूका लागि अनुकूल सहयोगी र समावेशी वातावरण सिर्जना गर्न मद्दत गर्न पुनः यो सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
कर्मचारीलाई समय बचत गर्न र छ महिनादेखि तीन वर्षसम्मका बालबालिकाका लागि सही हेरचाह गर्न र तनाव कम गर्न मद्दत गर्ने डे केयरको उद्देश्य रहेको बैंकको भनाइ छ । डे केयर स्थापना, मर्मतसम्भार तथा मासिक खर्च बैंकले बेहोर्ने जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता