गुगलले आफ्नो ग्लोबल फिन्टेक गुजरातमा खोल्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

वाशिंगटन । गुगलले आफ्नो ग्लोबल फिन्टेक अपरेशन सेन्टर गुजरातमा खोल्ने भएको छ ।

गुगल कम्पनीका सीईओ सुन्दर पिचाईले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा सो घोषणा गरेका हुन ।

उनले मोदी सरकारको प्रमुख अभियान ‘डिजिटल इन्डिया’ का लागि प्रधानमन्त्री मोदीको दृष्टिकोणको समेत प्रशंसा गरेका छन् ।

ADVERTISEMENT

समाचार एजेन्सी एएनआईले सुन्दर पिचाईलाई उद्धृत गर्दै भन्यो, ‘प्रधानमन्त्री मोदीको अमेरिकाको ऐतिहासिक भ्रमणको क्रममा भेट्न पाउनु सम्मानको कुरा थियो। हामीले भारतको डिजिटाइजेसन कोषमा गुगलले १० अर्ब डलर लगानी गरिरहेको कुरा मोदीसँग साझा गर्यौं र गुगलले ग्लोबल फिन्टेक अपरेशन सेन्टर गुजरातमा खोल्दछौं भन्ने जानकारी पनि दियौं ।’

गुगलका सीईओले भने, ‘डिजिटल इन्डियाका लागि प्रधानमन्त्रीको भिजन समयभन्दा अगाडि थियो र अब म यसलाई अन्य देशहरूले के गर्न खोजिरहेका छन् भन्ने खाकाको रूपमा हेर्छु।’

भारतीय मुलका गुगलका सिईयो राष्ट्रपति वाइडेनले दिएको पार्टीमा सहभागी हुने क्रममा सो जानकारी दिएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज