आमा तिमी धर्तिको मित हौ
तिमीमा आमा धेरै बज्र हुनसक्छ
आकाश पनि झुन्डिएको छ आमा खस्न सक्छ
आमा तिमीमा सबैले थिचो गर्नेछन्
बुझ्नेछैनन् तिम्रो गर्वको त्याग, आमा तिमीलाई शरीर पनि देख्न सक्छन्
आमा तिमी सूर्यको मित हौ
तिमी प्रचण्ड प्रतापी छौ
मलाई सेकिदिने बिहानीको न्यानो हौ ।
आमा तिम्रो दस हात हुनुपर्छ दस आँखा हुनुपर्छ ।
कसरी देख्छौ त म भित्र दुखेको
अनि कसरी सहन्छौ आफुभित्र दुखेको?
आमा तिमी कसरी गर्छौ दुनियाँ काम
एउटा हातले सय काम
अनि जप्छेउ मेरै नाम
आमा तिमी र फूल मित मित हुनुपर्छ ।
आमा कति नरम छौ मैले गल्तिलाई गल्ती नै देख्दिन
तिम्रो स्पर्शले म मोहित हुन्छु
तिम्रो सुख र दु:खको ज्ञानले म अन्जान हुन्छु।
तिमी सम्झाउछौ म यो उमेरमा बाल्य हुन्छु
आमा म तिम्रो अगाडि अन्जान हुन्छु,लठ्ठ हुन्छु
तिम्रो मेरो लालटको स्पर्शले म उदाउँदै गरेको सूर्यको क्षितिज हुन्छु।
आमा तिमी र सीमाना मित मित हुनुपर्छ ।
आमा मेरो अस्तित्व जोगाउन आफ्नो छाती थाती राखेकी
साहुको कर्जामा इमान थाती राखेकी
अध्यारोको झिल्को प्रकाश बाँकी राखेकी
मलाई पाउन कति धेरै भाकल राखेकी?
आमा तिमी र कथा मित मित
आमा अजै तिनै कथा सुनेर सुत्न मन लाग्यो
तिनै भाकामा म लठ्ठिन मन लाग्यो
तन्द्रामै तिम्रो कथाको पात्र देख्छु बुझ्दैन मन आमा आज भोलि सपनीमा ज्यादै देख्छु
आमा खाडीमा म तिमिलाई देख्छु
आत्माहत्या गर्न लाग्छु तिमीले बाधिदिएको बुटि सम्झिन्छु
आमा तिमी यहाँ अहिले नै आउन मिल्दैन ?
म जलिरहेको छु
म
तिमिमा म शीतलता देख्छु
तिमी आउनु न फेरि मेरो शेष पनि नहरहन सक्छ
म यत्ती जलिसकेको छु
मन भित्रैबाट म कस्तो थिए भेष नरहन सक्छ
आमा श्री कृष्णको कथा फेरि सुनाउनु न
मेरो मनको सुदामा गुमेको
साथीको कनिका सुनको महँगो भयो अब म एक्लै छु
आमा तिमी र म मीत मीत
तिमी अस्तित्वको घडि हौ एउटै बाटो घुम्नु पर्छ
म त आनन्दको बिजुली हुँ
कहिले रातो कहिले पहेँलो कहिले निलो बल्नुपर्छ
आमा म सन्यासी हुँ
म अब लेख्न सक्दिन माया मोहको गित
म अब एक्लो हुँ म शरीर हुँ आत्मा लिएर हिडेको अब छाउदिन तिम्रो यादमा पनि मोक्ष हुँ तिमीले देखाएको बाटोको
आमा म अर्जुन हुँ गिताको आमा तिमी कृष्ण हाै महाभारतको
आमा तिमी बाटो मुक्तिको
आमा म आत्म हुँ, हावाको
आमा
म आत्मा हुँ शरीरको तिमी बाटो हौ मुक्तिको ।
यो सामाग्री हाम्रा पाठकले पोस्ट गर्नु भएको हो । यसमा हामीले शुद्धाशुद्धी तथा भाषागत त्रुटीलाई हेरेका छैनौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा गर्नुहोला । – सम्पादक







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता