नेपाल रिपब्लिक मिडिया लिमिटेडको आइपीओ ११ असारमा बाँडफाँट हुने

Read Time = 2 mins

काठमाडौ । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आइपीओ असार ११ गते (सोमबार) बाँडफाँट गरिने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सको काठमाण्डौ कमलादीस्थित कार्यालयमा आइपीओ बाँडफाँड कार्यक्रम राखिएको छ । दिउँसो ४ बजे आइपीओ बाँडफाँड गरिने क्यापिटलले जनाएको छ।

यो कम्पनीले गत जेठ २६ गते जेठ ३० गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशतले हुन आउने प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ५३ हजार कित्ता आइपीओ बिक्री गर्ने अनुमति पाएको थियो । त्यसमध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता सेयर बिक्री गरिसकेको थियो ।

ADVERTISEMENT

यसैगरी ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी ३५ लाख २५ हजार ९३० कित्ता र कर्मचारीलाई खुलाइएकोमा बाँकी रहेको ९३ हजार ९६१ गरी कुल ३६ लाख १९ हजार ८९१ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

सीडीएससीका अनुसार अन्तिम दिनसम्म आइपीओमा १२ लाख ८२ हजार ६३६ आवेदकबाट कुल १ करोड ३९ लाख २३ हजार ३८० कित्ता सेयर माग भएको छ। मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार भाग्यमानी ३ लाख ६१ हजार ९८९ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् । तिनै आवेदकमध्ये १ जनाले थप १ एक सेयर पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज