यस्तो छ- आजको विदेशी मुद्राको विनिमय दर

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ।

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

शुक्रबार अमेरिकी डलर १ को खरिदर १३० रुपैयाँ ८३ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४४ रुपैयाँ ०३ पैसा छ भने बिक्री दर १४४ रुपैयाँ ६९ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपैयाँ २७ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ०४ पैसा छ।

ADVERTISEMENT

अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ८७ पैसा छ भने बिक्री दर ८९ रुपैयाँ २८ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ८९ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ ५७ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ०२ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ २२ पैसा छ भने बिक्री दर ९ रुपैयाँ २६ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ‍२२ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ३१ पैसा छ।

साउदी रियाल १ को खरिददर ३४ रुपैयाँ ८८ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ०४ पैसा छ। कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ९१ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ०७ पैसा छ। यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ६२ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ७८ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिददर २८ रुपैयाँ १३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २६ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १० पैसा छ भने बिक्री दर १० रुपैयाँ १५ पैसा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?