बेइजिङ । चीनले अमेरिकालाई आफ्नो अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गर्न र अपराधीहरूको सुरक्षित आश्रयस्थलमा परिणत हुनबाट रोक्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा दुई चिनियाँ नागरिकलाई अमेरिकामा मंगलबार सजाय दिइएको र जबरजस्ती चीन फिर्ता पठाएको बारेका जिज्ञासा राख्दा उक्त टिप्पणी गर्नु भएको हो ।
‘सीमापार अपराधविरुद्ध लड्न, भ्रष्ट भगौडाहरूलाई स्वदेश फिर्ता गर्ने र गैरकानुनी आम्दानीलाई नियन्त्रण गर्नेलगायत विषय अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा मान्यता दिएको विषय हो र यो न्यायोचित पनि हो’, माओले भन्नुभयो ।
विश्वका कुनै पनि देशसँग चीनको कानुन प्रवर्तन सहयोग अन्य देशको कानुन र न्यायिक सार्वभौमसत्ताको पूर्ण सम्मान गर्दै र अपराधी संदिग्ध व्यक्तिहरूको कानुनी अधिकार र हितको रक्षा गर्ने प्रतिबद्धताका साथ अन्तर्राष्ट्रिय कानुनको कडाइका साथ सञ्चालन गरिने पनि माओले प्रतिबद्धता व्याक्त गर्नु भएको छ ।
‘सम्बन्धित कार्य पूर्णतया न्यायोचित छ । अर्कोतर्फ अमेरिकाले तथ्यहरूलाई बेवास्ता गर्ने गरेको छ, जानाजानी चीनको प्रयासलाई भयावह चीजको रूपमा विकृत गरेको छ र न्यायिक कारबाही पनि फरक ढंगले गरेको छ । चीन यसको कडा विरोध गर्दछ’, माओले भन्नुभएको छ ।
उहाँले अमेरिकालाई आफ्नो गल्ती तुरुन्त सच्याउन, अन्तर्राष्ट्रिय संगठित अपराधविरुद्धको संयुक्त राष्ट्रसंघ महासन्धि, भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघ महासन्धि र अन्य अन्तर्राष्ट्रिय सन्धिअन्तर्गत आफ्नो दायित्व पूरा गर्न आग्रह गरेको छ साथै आफ्नो अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गर्न उहाँले अमेरिकाको ध्यानाकर्षण गर्नु भएको छ । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच