ट्यनिसियामा रेल दुर्घटनाः दुईजनाको मृत्यु, ३४ जना घाइते

Read Time = 1 min

ट्यनिस । पूर्वी-मध्य ट्यनिसियामा रात्रिकालीन यात्रुवाहक रेल पटरीबाट खसेर पल्टिँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । साथै अन्य ३४ जना घाइते भएका छन् । ट्यनिसियन रेलवेको राष्ट्रिय कम्पनीले बुधबार जनाए अनुसार मध्यरातको केही समयपछि सोसे प्रान्तको मसाकेन शहर नजिकै सो रेल पटरीबाट खसेपछि दुर्घटना भएको हो । पीडित चालक र यात्रु रहेको एसएनसीएफटीले जनाएको छ ।

ADVERTISEMENT

उक्त ट्रेन ट्यनिसियाको राजधानी ट्यनिसदेखि दक्षिणपूर्वी प्रान्त गाबेससम्मका लागि यात्रारत थियो । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको एसएनसीएफटीले जनाएको छ । रासस/सिन्हृवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज