अदालतले फिल्म चल्न दिनु भनेको अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ : बालेन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । हिन्दी फिल्म चल्न नदिने काठमाडौं अन्तरिम आदेश दिएसँग काठमाडौंका मेयर बालेन शाहले अदातलको आदेश नमान्ने बताउनु भएको छ ।

अदालतले आदेश दिएको केहीछिनैमै उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत भारतीय फिल्मको प्रदर्शन हुन नदिने बरु जुनसुकै सजाय भोग्न तयार हुने बताउनु भएको छ । उहाँले अदालत र नेपाल सरकार नै भारतको गुलाम भएको आरोपसमेत लगाउनु भएको छ ।

'फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।' उहाँले लेख्नुभएको छ ।

नेपाल चलचित्र संघले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

ADVERTISEMENT

त्यसको प्रतिक्रिया स्वरुप मेयर शाहले यस्तो बताउनु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment

रिलेटेड न्युज