काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाका प्रयोगकर्ताले अबदेखि आफ्नो इसेवा खातामा रहेको रकम एटिएम मेसिनमार्फत् पनि सहजै झिक्न सक्ने भएका छन् । इसेवाले हाल एभरेष्ट बैंकसँगको सहकार्यमा इसेवा खातामा रहेको रकम एटिएमबाट समेत झिक्न सकिने सेवाको सुरूवात गरेको हो ।
इसेवामा रहेको रकम एटिएमबाट निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुपर्ने छैन भने प्रयोगकर्ताले आफ्नो मोबाइलमा आउने ओटिपीमार्फत् सहजै एटिएमबाट नगद रकम झिक्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीद्वारा आयोजित पत्रकार सम्मेलनमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले भन्नुभयो, ‘इसेवा प्रयोगकर्तालाई इसेवामा रहेको रकम झिक्न अझ सहज होस् भन्ने उद्देश्यले हामीले एभरेष्ट बैंकसँगको सहकार्यमा एटिएमबाटै रकम झिक्न सकिने सेवाको सुरूवात गरेका हौँ, हामी जहिले पनि क्यासलेस अर्थतन्त्रलाई प्राथमिकता दिँदै सोही किसिमका सेवा सञ्चालन गर्दै आएका छौँ ।’
एभरेष्ट बैंकका डेपुटी सिइओ विजयकुमार शर्माले भन्नुभयो, ‘एभरेष्ट बैंक जहिले पनि आफ्ना ग्राहकलाई नयाँ सेवा र सुविधा दिन तत्पर छ । सोही क्रममा इसेवाजस्तो नेपालको पहिलो र अग्रणी वालेट कम्पनीसँग सहकार्य गर्न पाउँदा हामी पनि उत्साहित छौँ ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts