बर्दघाटले ल्यायो ९० करोड बढीको बजेट

bardghat
Read Time = 3 mins

नवलपरासी । बर्दघाट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ९० करोड रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । बुधबार बर्दघाट नगरपालिकाको १२औँ नगरसभामा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले ९० करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो । जसअन्तर्गत ५६ करोड ४२ लाख अर्थात् ६२.३५ प्रतिशत चालु र ३४ करोड छ लाख ५६ हजार अर्थात् ३७.६४ प्रतिशत पुँजीगत बजेट विनियोजन गरिएको छ । विनियोजित ९० करोड ५० लाखको बजेटमा सामाजिक सुरक्षा भत्ता भने नसमेटिएको नगरपालिकाले जनाएको छ ।

बजेटमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, समपूरक अनुदान, विशेष अनुदान, राजस्व बाँडफाँट र सशर्त अनुदानसमेत समावेश छ । नगरपालिकाले शिक्षाका लागि कुल बजेटको ३०.०४ प्रतिशत अर्थात् २७ करोड १९ लाख २७ हजार विनियोजन गरेको छ भने सडक विकास, विस्तार तथा स्तरोन्नतिका लागि कुल बजेटको १३.६२ प्रतिशत अर्थात् १२ करोड ३३ लाख ४० हजार विनियोजन गरेको छ । कृषि, सिँचाइ र पशु विकास प्रवद्र्धनका लागि कुल बजेटको ७.२४ प्रतिशत अर्थात् छ करोड ५५ लाख ७९ हजार विनियोजन गरेको छ ।

ADVERTISEMENT

भवन तथा शहरी विकास, खानेपानी तथा सरसफाइ, सूचना तथा सञ्चार, पर्यटन, विद्युत् तथा वैकल्पिक ऊर्जा, स्वास्थ्य तथा पोषण, युवा तथा खेलकुद, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, भाषा, कला तथा संस्कृति, वन तथा वातावरण, विपद् व्यवस्थापन, श्रम तथा रोजगार, संस्थागत विकास तथा सेवा प्रवाह क्षेत्रमा बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्ष २०७९/०८० का लागि भने नगरपालिकाले ९४ करोड पाँच लाख ४३ हजारको बजेट विनियोजन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज