यो वर्षको सबैभन्दा लामो दिन आज

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । आज जुन २१ तारिख अर्थात यो वर्षको सबैभन्दा लामो दिन । आजको दिन सूर्यको किरण लामो समयसम्म पृथ्वीमा पर्ने भएकाले सबैभन्दा लामो दिन भनिएको हो ।

जुन २१ तारिखमा सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा रहेको कर्कट रेखामा सबैभन्दा माथि र सिधा पर्दछ । जसका कारण दिन सबैभन्दा लामो र रात सबैभन्दा छोटो हुन्छ ।

ADVERTISEMENT

जुन २१ लाई विश्वका विभिन्न देशहरुमा गृष्मयामको सुरुवातको पर्वकै रुपमा पनि मनाउँछन् । डिसेम्बर २१ वा २२ तारिखमा चाहिँ दिन सबैभन्दा छोटो र रात सबैभन्दा लामो हुन्छ ।

भोलिदेखि दिन छोटो र रात लामो हुँदै जान्छ । डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?