काठमाडौं । सेयर लगानीकर्ताले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकमा आठबुँदे सुझाव प्रस्तुत गरेका छन् । सांसद हरि ढकाल तथा लगानीकर्ता तिलक कोइरालासहितको टोलीले सोमबार गभर्नर महाप्रसाद अधिकारीलाई आठबुँदे सुझावपत्र बुझाएको हो ।
टोलीले सेयर दलालमार्फत् नै लगानीकर्ताले सेयर किन्ने कर्जा मार्जिन ट्रेडिङ सुविधा प्राप्त गर्न नेप्सेको मार्जिन ट्रेडिङ कार्यविधिअन्तर्गत परिचालन हुने गरी राष्ट्र बैंकले तत्काल १० अर्बको कोष खडा गर्नुपर्ने, सेयर धितो कर्जामा एकल ग्राहकलाई लगाइएको सीमा र जोखिम भार पुनर्विचार गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थालाई धितोपत्र खरिदबिक्रीका खुला गर्नुपर्ने, आर्थिक विधेयकको बुँदा नम्बर २६ र २७ ले बैंकका लगानीकर्तामा सिर्जना गरेको अप्ठ्यारो र अन्योल हटाउन पहल गर्नुपर्नेलगायतका सुझाव दिएको छ ।
सेयर दलालमार्फत् नै लगानीकर्ताले सेयर किन्न कर्जा मार्जिन ट्रेडिङ सुविधा प्राप्त गर्न नेप्सेको मार्जिन ट्रेडिङ कार्यविधिअन्तर्गत परिचालन हुने गरी राष्ट्र बैंकले तत्काल १० अर्बको कोष खडा गर्नुपर्ने माग गरिएको छ ।
पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यसहित स्थापित पब्लिक लिमिटेड कम्पनीलाई सेयर बजारमा लगानी गर्ने प्रयोजनका लागि धितोेले खामेसम्मको कर्जा पाउने सुनिश्चितता गर्र्दै संस्थागत लगानीकर्तालाई प्रवद्र्धन गर्नुपर्ने, अर्थतन्त्रको आन्तरिक तथा बाहृय क्षेत्रमा सुधार आएर बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता र लगानीयोग्य रकम भएसँगै सेयर धितो कर्जामा एकल ग्राहकलाई लगाइएको सीमा र जोखिम भारलाई पुनर्विचार गर्ने र सामूहिक लगानी कोषका इकाई, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरूले जारी गर्ने ऋणपत्र, बचतपत्रको अंकित मूल्यको ९५ प्रतिशतसम्म कर्जा प्राप्त हुने व्यवस्था गरी त्यस्ता उपकरणको प्रवद्र्धन गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थालाई एक वर्षभन्दा छोटो अवधिका लागि सेयर बजारमा लगानी गर्न लगाएको प्रतिबन्ध हटाई प्राथमिक पुँजीको १० प्रतिशतसम्मको मात्र वाञ्छित सीमा बराबरको रकम सेयर बजारमा दैनिक कारोबार हुने साधारण सेयर एक करोड कित्ताभन्दा बढी सूचीकृत भएका कम्पनीको धितोपत्र खरिदबिक्री गर्न पाउने शर्त बन्देजसहित अल्पकालीन लगानी खुला गर्नुपर्ने बताइएको छ ।
सेयर बजारमा सामान्य गिरावट
विगत एक सातादेखि निरन्तररूपमा बढ्दो क्रममा रहेको सेयर बजार सोमबार २.९४ अंकले घटेर २०९१.३९ अंकमा झरेको छ । आइतबार नेप्से ५२.२६ अंकले बढेको थियो । कारोबारमा आएका दुई सय ७६ कम्पनीका एक करोड २९ लाख ७५ हजार एक सय ६८ कित्ता सेयर चार अर्ब ७४ करोड ६ लाख ८ हजार आठ सय ८० रुपैयाँमा खरिदबिक्री भएका छन् । दुई सय ७६ मध्ये एक सय नौ कम्पनीको सेयरमूल्य बढेको छ भने एक सय ६० घटेको र सात कम्पनीको स्थिर रहेको छ । कारोबार रकमका आधारमा शीर्षस्थानमा रहेको शिवम् सिमेन्ट्सको २९ करोड ८२ लाख १३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । युनिक नेपाल लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
यस दिन फाइनान्स समूहको सेयरमूल्य उच्च अंकले बढेको छ भने विकास बैंक ३.४९, म्युचुअल फण्ड ३.२३, लगानी ३.०८ र अन्य २.१७ प्रतिशतले बढेको छ । निर्जीवन बिमा सूचक सर्वाधिक २.४८ प्रतिशतले घटेको छ भने जीवन बिमा १.६७ प्रतिशत र होटल तथा पर्यटनमूलक १.६१ प्रतिशतले घटेको छ । बैंकिङ, जलविद्युत्, उत्पादन तथा प्रशोधनमूलक, लघुवित्त र व्यापार पनि एक प्रतिशतभन्दा कमले घटेका छन् । नौ कम्पनीको सेयरमूल्य सर्किट लेबलमा बढेको छ भने अन्य कम्पनीको सेयरमूल्यमा सर्किट लागेको छ ।
सेन्ट्रल फाइनान्स, लक्ष्मी इक्विटी फण्ड, माउन्टेन इनर्जी नेपाल, बिपीडब्लु लघुवित्त, मेन्छियम हाइड्रोपावर, सिटी होटलको सेयरमूल्यमा सकारात्मक सर्किट लेबलमा बढेको हो । नेपाल टेलिकमको १८ करोड १३ लाख ३४ हजार, सोल्टी होटलको १७ करोड ८९ लाख २५ हजार, आइजिआई प्रुरुडेन्सियल इन्स्योरेन्सको १७ करोड २० लाख ६९ हजार र एचआइडिसिएलको संस्थापक सेयरको १२ करोड ८२ लाख ६६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल लाइफ, नागरिक लगानी कोष, हिमालयन डिष्टिलरी, सूर्यज्योति लाइफ इन्स्योरेन्स र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको आठ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts