काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपिओ) जारी गर्ने भएको छ । जसका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
समता र मुक्तिनाथबीच सोमबार सो सम्बन्धी सम्झौतापत्रमा समता लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मदन घिमिरे र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गर्नुभएको छ ।
समताले सेयर पुँजी संरचना संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत कायम हुने गरी नपुग तीन करोड ३२ लाख ८५ हजार छ सय रुपैयाँ बराबरका तीन लाख ३२ हजार आठ सय ५६ कित्ता सेयर जारी गर्न लागेको हो । संस्थाको चुक्ता पुँजी ३९ करोड ४१ लाख रहेको छ भने नेप्सेमा ३९ लाख ४१ हजार पाँच सय ५८ कित्ता सेयर सूचीकृत छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा