एनआरएनएका असन्तुष्टबीच सहमति

Read Time = 3 mins

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को संस्थापन पक्ष र १०औँ महाधिवेशनमा असन्तुष्ट भएको पक्षबीच आइतबार एकताका लागि सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा दुवै पक्षबीच एकता गर्ने सहमति भएको हो । एनआरएनएका कार्यकारी अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष आरके शर्मा र संस्थापन पक्षसँग असन्तुष्ट भएको समूहतर्फका विनोद कुँवर तथा दुवै पक्षबाट गठित उच्चस्तरीय वार्ता समितिका संयोजक डिबी क्षेत्री र जानकी गुरुङबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सहमतिसँगै आगामी अक्टोबरमा हुने ११औँ महाधिवेशन सहमति, सहकार्य र एकताको सन्देशसहित आयोजना हुने एनआरएनएले जनाएको छ । जसका लागि दुवै पक्षका प्रतिनिधि रहने एक उच्चस्तरीय अनुगमन समिति गठन हुनेछ । समितिले सदस्यता वितरण, महाधिवेशन प्रतिनिधि छनोट र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनको अनुगमन गर्नेछ । प्रधानमन्त्री दाहालले समृद्ध राष्ट्र निर्माण र मुलुकको हितका लागि एनआरएनएबीच एकता आवश्यक रहेको भन्दै दुवै पक्षलाई सहमतिमा आएकोमा बधाई दिनुभएको छ ।

ADVERTISEMENT

यसैबीच सोही दिन एनआरएनएका कार्यकारी अध्यक्ष केसी नेतृत्वको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरेको छ । भेटमा कार्यकारी अध्यक्ष डा. केसीले एनआरएनए र १०आंै महाधिवेशनपछि असन्तुष्ट पक्षबीच भएको एकताको सहमतिबारे जानकारी गराउनुभएको छ । परराष्ट्रमन्त्री साउदले एकताको सहमति अत्यन्तै सकारात्मक भएको भन्दै खुसी व्यक्त गर्नुभएको छ ।

कार्यकारी अध्यक्ष डा. केसीले आगामी अक्टोबरमा हुने एनआरएनएको विश्व सम्मेलन आयोजनाका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गर्न आग्रह गर्नुभएको थियो । सो अवसरमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, उपाध्यक्ष आरके शर्मा, महासचिव डा. केशव पौडेल, उपमहासचिव गणेश केसी, सचिवद्वय गोविन्द गौतम, खगेन्द्र न्यौपाने, पूर्वसंस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास, एनसिसी अमेरिकाका कोषाध्यक्ष राजीव श्रेष्ठ, एनसिसी युकेकी रोजिना प्रधान, जानकी गुरुङ प्रमुख कार्यकारी अधिकृत रविकिरण अधिकारीलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज