नेपालमा पहिलो पटक भेटियो मंकीपक्सवाट ग्रसित बिरामी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपालमा पहिलो पटक मंकीपक्स भाइरसवाट ग्रसित महिला फेला परेकी छिन ।

केही दिनअघि  नेपाल आएकी एक एकजना ६० वर्षीया विदेशी महिलामा मंकीपक्सको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनमा मंकीपक्स भाइरसवाट हुने ‘एमपक्स’ पुष्टि भए पछि अस्पताल भर्ना गरिएको छ । मन्त्रालयका अनुसार ६० वर्षीया एक जना महिलामा मकीपक्स पुष्टि भएको हो ।

मंकीपक्सको शंकास्पद लक्षण देखिएपछि हाल उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

ADVERTISEMENT

उक्त विदेशी महिलामा ज्वरोसहित मंक्किपक्स जस्तै लक्षण देखिए पछि चिकित्सकको सम्पर्कमा पुगेकी थिइन । उनी माथी देखा परेको लक्षण अनुसार संकलन गरिएको  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उनमा मंक्किपक्स पुष्टि भएको थियो ।

मकीपक्सका बिरामी अहिलेसम्म १ सय ११ देशमा फेला परिसकेका छन, नेपालमा भने पहिलो पटक फेला परेको हो । गत बर्ष यसले महामारीको रूप लिएको थियो ।

यो रोग मानिस देखी मानिससम्म वा जनावरवाट मानिसमा सर्ने गर्दछ । सन १९८० मा  बिफर उन्रमुलन भए लगत्तै यो नयाँ रोगका रूपमा देखा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *