भ्रष्टाचार गर्नु अघि दश पटक सोच्ने वातावरण बनाउन सरकार लागेको छ : उपप्रधानमन्त्री श्रेष्ठ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

-नवराज शिवाकोटी

दोलखा । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भष्टाचार र अनियमितता गर्नु अघि दश पटक सोच्ने वातावरण बनाउन वर्तमान सरकार लागेको बताउनु भएको छ । दोलखा उद्योग वाणिज्य संघले शनिवार आयोजना गरेको ब्यवसायिक क्षेत्रसँगको समसामयिक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान मन्त्री श्रेष्ठले वर्तमान सरकार सुसासन र देशको आर्थिक संबृद्धिकोलागि प्रतिवद्ध रहेको बताउनु भयो । “वर्तमान सरकार भ्रष्टाचार र अनियमितता गर्ने कुन दलको हो वा कतिठूलो हो भन्ने नहेरी लागेको छ । ” श्रेष्ठले भन्नुभयो, “ आराेपी कति ठूलो नेता हाे अनि कस्को नाता पर्छ त्यो हामीले हेरेका छैनौं । अनियमितताका वारेमा स्वच्छ अनुसन्धान हुन्छ । भ्रष्टाचारको छानविन गर्ने क्रम निरन्तर जारी रहन्छ । ”

ADVERTISEMENT

अहिले ३० लाख युवा खाडिको ४०-५० डिग्रीको गर्मिमा पसिना चुहाईरहेको उल्लेख गर्दै श्रेष्ठले देशमानै रोजगारीका अवसर सिर्जना गरी उनीहरु रोजगारीकालागि विदेश जाने क्रम रोक्न यहीँ रोजगारी सिर्जना गर्ने तर्फ सरकार लागिरहेको उहाँँले बताउनु भयो । देशमा लामो समयको संघर्ष पछि स्थापित गणतन्त्रको संरक्षणकालागि आर्थिक र सामाजिक परिवर्तनको जनताले प्रत्यक्ष अनुभूति गर्न पाउनु पर्ने बताउँदै जनअपेक्षा अनुरुप जनताको जीवनको गुणस्तरमा परिवर्तन आउन नसकेको उहाँको भनाई थियो । जन अपेक्षा अनुसार आर्थिक रुपान्तरणको गति कम भएपनि यसका लागि प्रयार भइरहेको उहाँले बताउनु भयो ।

देशमा आर्थिक संबृद्धि कायम गर्न सरकार, निजी क्षेत्र तथा सहकारीले मिलेर काम गर्नु पर्नेमा जोड दिनुहुँदै श्रेष्ठले ब्यावसायीहरुका बैंकको ब्याजदर घटाउने, ऋणतिर्न पूनःर्तालिकिकरण गर्ने लगायतका मागहरुको बारेमा नेपाल राष्ट्रबैंकसँग परामर्श भइरहेको बताउनु भयो । केही अराजक तत्वहरुले बैंकको ऋणनै तिर्न पर्दैन भन्ने जस्ता अराजक कुरा गर्ने गरेको उल्लेख गर्दै उपप्रधान मन्त्री श्रेष्ठे ऋण लिएपनि तिर्नु पर्छ भन्ने कुरामा ब्यावसायीहरु सचेत हुन पर्ने बताउनु भयो ।

उद्योग वाणिज्य संघ दोलखाका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको छलफल कार्यक्रममा दोलखाका ब्यावसायीहरुले ब्यावसायमा रहेका विविध समस्याको उठान गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र दोलखाको पार्टी कार्यालय उद्घाटन गर्न दोलखा आउनु भएका उपप्रधान मन्त्री श्रेष्ठले शनिवार विहान जिल्लाका जनप्रतिनिधिहरुसँग भेटघाट तथा छलफल गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *