काठमाडौं । केएल दुगड समूहले विश्व रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । समूहअन्तर्गतका काठमाडौं कर्पोरेट अफिस तथा विराटनगर, वीरगञ्ज र नेपालगञ्जका कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
समूहअन्तर्गत कार्यरत कर्मचारीले नै रक्तदान गरेका थिए । काठमाडौं, विराटनगर, वीरगञ्ज र नेपालगञ्ज कार्यालय गरी कुल एक सय १६ कर्मचारीबाट एक सय १६ प्वाइन्ट रगत संकलन भएको आयोजकले जनाएको छ । विश्व रक्तदाता दिवस २०२३ को मुख्य नारा ‘रगत दिनुहोस्, प्लाज्मा दिनुहोस्, जीवन बाँड्नुहोस्, बारम्बार बाँड्नुहोस्’ रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements