काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार कालीमाटीमा प्रतिकेजी ६ रुपैयाँ ४० पैसादेखि ५५० रुपैयाँसम्मका फलफूल र तरकारी पाइने भएको छ । मूल्यसूची अनुसार आज सानो गोलभेडा (लोकल)को मूल्य सबैभन्दा सस्तो ६ रुपैयाँ ४० पैसा तोकिएको छ भने किवि सबैभन्दा महंगो प्रतिकेजी ६५० रुपैयाँ पुगेको छ ।
त्यस्तै, आभोकाडो प्रतिकेजी ५५० रुपैयाँ रहेको छ भनृ गोलभेडा ९नेपाली०, लाम्चो भन्टा, घिरौला, चिचिण्डो र लाम्चो फर्सी प्रतिकेजी ३५ रुपैयाँ, गोलभेडा (भारतीय), तने बोडी, हाइब्रीड घिउ सिमी, तितो करेला र भेडे खुर्सानी ४५ रुपैयाँ, रातो आलु ४२ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ३९ रुपैयाँ ३३ पैसा, सेतो आलु ३२ रुपैयाँ ३३ पैसा तोकिएको छ ।
यसैगरी, लाकेल गाँजर ११५ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ५० पैसा, स्थानीय काउली ५५ रुपैयाँ, मकै बोडी ४६ रुपैयाँ ६७ पैसा, मटरकोशा १९० रुपैयाँमा किनबेच हुनेछ भने टाटे सिमी १३६ रुपैयाँ ६७ पैसा, परवर र भिण्डी प्रतिकेजी ५५ रुपैयाँ, रायोको साग ४६ रुपैयाँ ६७ पैसा तोकिएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts