रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँट हुँदै

Read Time = 1 min

काठमाडौ । रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओ मंगलबार बाँडफाँट हुँदै छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार  मंगलबार अपरान्ह ४ बजे आफ्नै कार्यालय कमलादी काठमाडौंमा बाँडफाँटको तयारी गरिएको छ ।

मागभन्दा १४.८९ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा ११ लाख ६५ हजार ५२६ जनाले कुल १ करोड २७ लाख ६१ हजार ४८० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ६४ हजार ३६६ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ११ लाख १ हजार १६० जनाको भने हात खाली हुनेछ ।

ADVERTISEMENT

कम्पनीले जेठ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणको लागि ६ लाख ४३ हजार ६६७ कित्ता सेयर निष्कासन गरेको थियो । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले रावाको आइपीओलाई  केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?