सुनको मूल्य घट्यो

Read Time = 1 min

काठमाडौ । नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य रुपमा घटेको छ । सोमबार  सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन  १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन  १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

ADVERTISEMENT

सोमबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ४४५ रुपैयाँ कायम भएको छ । आइतबार भाउ स्थिर रहँदै चाँदी तोलाको १ हजार ४५५ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज