सुनुवाइ समितिको बैठक बस्दै, प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्धका उजुरी खोलिने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज (सोमबार) बस्दै छ ।

प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरीको अध्ययन गर्न आज बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

संवैधानिक परिषद्‌को गत वैशाख २५ गते, सोमबारको बैठकले सर्वोच्चका काम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।

संसदीय सुनुवाइ समितिको जेठ १६ गतेको बैठकले कार्कीविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो। कार्कीविरुद्धको उजुरीका लागि १० दिनको समय दिइएको थियो।

गत शुक्रबारसम्म उजुरी दिने समय रहेकोमा कार्कीविरुद्ध २९ वटा उजुरी परेको संघीय संसद् सचिवालयले जनाएको छ।

ADVERTISEMENT

कार्कीविरुद्ध बहालवाला जिल्ला न्यायाधीश र अधिवक्ताहरूले नै संसदीय सुनुवाइ समितिमा उजुरी हालेका छन्।

आजको बैठकमा कार्कीविरुद्ध परेका उजुरीहरू खोलिनेछन्। उजुरीबारे समितिका सदस्यहरूलाई जानकारी दिएर कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुने छ।

उजुरीबारे प्रारम्भिक छलफलपछि समितिले उजुरीकर्तालाई बोलाउने छ। उजुरीकर्ताको कुरा सुनेपछि कार्कीको कुरा सुन्ने समितिको तयारी छ। विगतको अभ्यास पनि यस्तै रहेको छ।

कार्कीको बयान लिएपछि मात्रै उहाँको सिफारिस सदर वा बदर गर्ने भन्नेबारे समितिले निर्णय लिने छ। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

उजुरीमाथि छानबिन र त्यसमाथि कार्कीको जवाफको प्रक्रिया बाँकी नै रहेकाले उहाँलाई नियुक्ति गर्न अझै केही दिन लाग्नेछ । उमेरहदका कारण अवकाश मिति नजिकिएकाले कार्कीले एक महिना पनि प्रधानन्यायाधीश बन्न नपाउने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *