काठमाडौं । इ-कमर्स दराजले एनएमबी बैंकसँग साझेदारी गरी दराज एनएमबी कर्जा सुविधा ल्याएको छ । दराज एनएमबी सजिलो कर्जा नामक पहलले बिक्रेतालाई धितोरहित ऋणमा सहज पहुँच प्रदान गरी आफ्नो व्यवसाय विस्तार गर्न र वृद्धिका नयाँ अवसर प्राप्त गर्न सक्षम बनाउने लक्ष्य लिएको छ । सम्झौतामा दराज नेपालको प्रबन्ध निर्देशक आँचल कुँवर र एनएमबी बैंकका नायब प्रमुख अधिकारी गोविन्द घिमिरेले हस्ताक्षर गर्नुभएको छ ।
दराज एनएमबी सजिलो कर्जा कार्यक्रमअन्तर्गत बिक्रेताले एनएमबी बैंकबाट उपलब्ध गराइने ऋण प्राप्त गर्न सक्नेछन् । यस सहकार्यले उद्यमशीलताको भावना र देशको आर्थिक वृद्धिमा सहयोग गर्ने बताइएको छ । दराज एनएमबी सजिलो कर्जाका मुख्य विशेषतामध्ये एक धितोरहित ऋणको प्रावधान हो । यसअन्तर्गत बिक्रेताले कुनै पनि प्रकारको सुरक्षा वा धितो प्रदान नगरी ऋण लिन सक्छन् । दराज प्लेटफर्ममा बिक्रेताले आवश्यकताअनुसार पाँच लाखसम्मको ऋणका लागि आवेदन दिन सक्ने बताइएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts