अमेजनको जंगलमा ४० दिनपछि भेटिएका बालबालिका आफान्तको जिम्मामा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

बोगोटा । कोलम्बियाको अमेजन जंगलमा ४० दिन पछि भेटिएका चार बालबालिकालाई आफान्तको जिम्मा लगाइएको छ।

अमेजनको बर्षा जंगलमा ४० दिन पछि जिउँदै फेला परेका चार बालबालिका अस्पतालमा निको भएपछि आफन्तलाई जिम्मा लगाइएको हो । यसरी फेला परेका बालबालिकामा १३, नौ, पाँच र एक वर्षका भाइबहिनीहरू रहेका थिए ।

‘उनीहरू धेरै नै कमजोर भएका छन् तर आफ्नो परिवार देख्न पाउँदा उनीहरु खुसी देखिएका छन्,’ उनीहरूका हजुरबुवा फिडेनसियो भ्यालेन्सियाले भने।

सेना र स्थानीयको एक महिनाभन्दा बढी खोजीपछि शुक्रबार चारजना बालबालिकालाई जिबितै फेला पारेका हुन् । गत मे १ मा विमान दुर्घटना हुँदा उनीहरू बेपत्ता भएका थिए । दुर्घटनामा उनीहरुकी आमा र दुई पाइलटको मृत्यु भएको छ ।

ADVERTISEMENT

उद्धारकर्ताहरूले जंगलमा पाइलाको छाप र टोकेको फलहरूसहित चिन्हहरू देखे पछि उनीहरूको खोजीलाई तिब्रता पारिएको थियो । जसअनुसार शुक्रबार उनीहरु ४० दिन पछि सकुशल फेला पारिएको थियो ।

त्यस क्रममा अर्थात एक वर्षको बालक र अर्को पाँच वर्षको बालकले आफ्नो जन्मदिन जंगलमा मनाएका थिए । सुरक्षा अधिकारीहरुका अनुसार सबैभन्दा जेठी १३ वर्षीया लेस्लीले उनीहरूलाई जंगलमा कसरी जिउँदै रहने भन्ने परीक्षाको माध्यमबाट मार्गदर्शन गरेकी थिइन् । सो क्रममा उनीहरुले जंगली फलफूल खाएर बाँचेका थिए । उनीहरुले घना जंगलका बिचमा कसरी आफनो जीवनलाई काबुमा राख्ने भन्ने कुरा जानेको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

‘तिनीहरू थोरै बोलिरहेका छन् र तिनीहरूमध्ये दुईले खेल्नसमेत थालेका छन्,’ कोलम्बिया अस्पतालका एक स्वास्थ्य अधिकारीहरूले बीबीसीलाई भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज