काठमाडौं । तीन युवाले काठमाडौंको शान्तिनगरमा ओखल आधुनिक कृषि केन्द्र सञ्चालनमा ल्याएका छन् । शान्तिनगरको नागेन्द्र कान्छाचोकमा शनिबारमा आधुनिक कृषि केन्द्र सञ्चालनमा आएको हो । एमबिए गरेका तीन युवा पुष्कर काफ्ले, लक्ष्मण बजगाईं र रजत भट्टले सञ्चालनमा ल्याएको अर्गानिक मार्टमा जुम्ला, हुम्ला, डोल्पा, मुगुलगायत विकट क्षेत्रमा पाइने अर्गानिक वस्तु पाइने सञ्चालकले बताएका छन् । नेपाली अर्गानिक उत्पादन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन केन्द्र सञ्चालनमा ल्याइएको बजगाईंले जानकारी दिनुभयो ।
मार्टमा ओखरलगायत जुम्लाको मार्सी चामल, स्याउको सुकुटी, जौको पिठो र च्याँख्ला, डोल्पाको कागुनो चामल, जाजरकोटको सेतो मकैको पिठो र च्याँख्ला, मुगुको कोदोको पिठो पाइने सञ्चालकले बताएका छन् । त्यस्तै, मुगुको जिम्बु, रुकुम, दाङ, जाजरकोट, हुम्लाको मह, जुम्लाको मिक्स सिमी, फापरको पिठो, दाँते ओखर, सिस्नु, मासलगायत पनि पाइने बताइएको छ । आफैं केही गर्नुपर्छ भन्ने सोचका साथ कृषि केन्द्र सञ्चालनमा ल्याइएको उनीहरूको भनाइ छ । ओखलका प्रमुख कार्यकारी अधिकृत काफ्लेले नेतालाई गालीमात्रै गर्नुभन्दा पनि आफैं स्वदेशमै केही गरेर देखाउनुपर्ने बताउनुभएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts