‘महासागर जापानको ढल’

Read Time = 2 mins

बेइजिङ । चीनले समुद्र र महासागर जापानका निजी ढल नभई मानवजातिको साझा सम्पत्ति हुन् भन्दै आणविक केन्द्रको प्रदूषित पानी समुद्रमा विसर्जन गर्नु टोकियोको ‘अत्यधिक स्वार्थी र गैरजिम्मेवारपूर्ण काम’ भएको टिप्पणी गरेको छ ।

महासागर र समुद्रमा ‘रेडियोएक्टिभ’ तत्वले प्रदूषित पानी विसर्जन गर्ने जापानको गैरजिम्मेवारीपूर्ण कामबारे बेइजिङमा बुधबार भएको नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले उक्त टिप्पणी गर्नुभएको हो ।

जापान सरकारले फुकुसिमा दाइची आणविक ऊर्जा केन्द्रबाट निष्कने प्रदूषित पानी हानीरहित भएको दाबी गर्दै त्यसलाई समुद्रमा विसर्जन गर्नु न्यायोचित भएकाले त्यसलाई एकमात्र विकल्प भन्दै आएको छ तर तथ्यहरूले अन्यथा प्रमाणित गरेको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

जापानी मिडियाका अनुसार टोकियो इलेक्ट्रिक पावर कम्पनीद्वारा हालै जारी गरिएको एक प्रतिवेदनमा फुकुसिमा दाइची आणविक ऊर्जा केन्द्रबाट निष्कासन हुने पानी जापानको खाद्य सुरक्षा कानुनमा तोकिएको स्तरभन्दा अधिक रहेको उल्लेख छ ।

‘अन्तर्राष्ट्रिय समुदायमा धेरैले यो प्रश्न सोधिरहेका छन्, यदि आणविक केन्द्रबाट दूषित पानी जापानले भनेजस्तै सुरक्षित थियो भने उसले किन त्यसलाई आफ्नै देशका तालतलैयामा नछाडेर सुरुङमार्गमार्फत् समुद्रमा विसर्जन गरेको हो ?’ प्रवक्ता वाङले प्रतिप्रश्न गर्नुहुँदै जापानले समुद्रलाई निजी ढलका रूपमा प्रयोग गरेको बताउनुभयो । सस्तो विकल्प रोज्दा त्यसो गरिएको उहाँको आशय थियो । रासस/सिन्हृवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज