सुनचाँदीको मुल्य बढ्यो

Read Time = 1 min

काठमाडौ । बिहीबार घटेर कारोबार भएको सुनचाँदी शुक्रबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँ थियो भने शुक्रबार बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।

ADVERTISEMENT

त्यस्तै, यसअघि प्रतितोला १ लाख ११ हजार १ सय ५० रुपैयाँ रहेको तेजावी सुनको भाउ शुक्रबार बढेर १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ ।

यता, चाँदीको भाउ पनि प्रतितोला ४० रुपैयाँ बढेको महासंघले जनाएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ रहेकोमा यो दिन बढेर १ हजार ४ सय ५५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज