काठमाडौं । नेपाली कांग्रेसको सचेतक पदमा प्रतिनिधिसभा सदस्य सुशीला थिङ मनोनित हुनुभएको छ। पार्टी सभापति शेरबहादुर देउवाले सांसद थिङलाई बिहीबार सचेतकमा मनोनयन गर्नुभएको हो ।
देउवाका निजी सचिव केशवराज जोशीले एक विज्ञप्ति जारी गर्दै थिङलाई सचेतकमा मनोनयन गरेको जानकारी दिनुभएको छ । कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम पार्टी सभापति देउवाले थिङलाई सचेतकमा मनोनित गर्नुभएको हो ।







