आजदेखि बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

Read Time = 3 mins

काठमाडौं । बिल्डिङ रिजिलियन्स अफ इन्सुरेन्स टुर्वाड्र्स इमर्जिङ रिक्स भन्ने नाराका साथ नेपाल बीमा प्राधिकरणले २५ देखि २७ गतेसम्म काठमाडौंमा बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन एसियन इन्स्योरेन्स मिट आयोजना गर्ने भएको छ । प्राधिकरणका अनुसार सम्मेलनमा जलवायु परिवर्तन, महामारीलगायतका कारण बीमा क्षेत्रमा देखिएका जोेखिम, जोखिम न्यूनीकरणका अन्तर्राष्ट्रिय अभ्यास, जोखिम न्यूनीकरणसम्बन्धी आपसी अनुभव, जोखिम न्यूनीकरणका लागि क्षमता अभिवृद्धि र बीमा क्षेत्रको भावी गन्तव्यलगायतका विषयमा प्रस्तुतीकरण हुनेछ । सम्मेलनको आयोजनामा इन्टरनेसनल एसोसिएसन अफ इन्स्योरेन्स सुपरभाइजर(आइएआइएस), एसियन डेभलपमेन्ट बैंक, एसेस टु इन्सुरेन्स इनिसिएटिभको सहयोग रहेको छ ।

विभिन्न देशका बीमा क्षेत्रका नियामक निकायका काम कारबाही, नयाँ-नयाँ जोखिम व्यवस्थापनका लागि बीमा कम्पनीलाई तयारी अवस्थामा राख्न नियामक निकायले निर्वाह गर्दै आएको भूमिका, नियामक निकायबीचको सम्बन्ध सुदृढीकरण, बीमा व्यवसायको स्वच्छ विकासका लागि नियामक निकायबीचको आपसी सहयोग एवं साझेदारी अभिवृद्धि, बीमा क्षेत्रलाई सबल, नवीन सोच र जवाफदेही किसिमले अघि बढाउनेलगायत विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

ADVERTISEMENT

सम्मेलनमा जोखिममा आधारित समाधानको कार्यान्वयन, बीमामा नवीनतम डिजिटल प्रणाली अवलम्बन, बीमा व्यवसायको विकासका लागि नियामक निकायको क्षमता अभिवृद्धि, बीमा क्षेत्रमा जलवायु परिवर्तनका कारण आउने चुनौती न्यूनीकरणका लागि नियामक निकाय, बीमक र पुनर्बीमकको भूमिका, भूकम्प बीमाका सम्बन्धमा एसियाली अनुभव, कृषि बीमाको विकास तथा अभ्यास, जोखिममा आधारित सुपरीवेक्षणसम्बन्धी संरचना, जीवन बीमा व्यवसायका अभ्यास, अवसर र चुनौतीलगायतका विषय विज्ञबाट कार्यपत्रको प्रस्तुति र अन्तरक्रिया हुने बताइएको छ ।

तीनदिने सम्मेलनमा पहिलो दिन नेपाललगायत भारत, बंगलादेश, श्रीलंका, भुटान, कम्बोडिया, इण्डोनेसिया, माल्दिभ्स, थाइल्याण्ड, चीन (मकाओ), जोर्डन र मलेसियालगायतका देशका बीमा क्षेत्रका नियामक निकायका पदाधिकारीको सहभागिता रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज