काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिन माग गृनुभएकाे छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले खर्च कटौतीको बहानामा निर्वाचन आयोगका जिल्ला कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिन माग गर्नुभएकाे हाे ।
कार्यालय खारेज गरेमा निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्ने भन्दै उहाँले १५ करोड बचत गर्नका लागि निर्वाचनको निष्पक्षतामा सम्झौता गर्नुपर्ने अवस्थामा पुगिसकेका हो त ? भनेर प्रश्न गर्नुभयाे ।
निर्वाचन आयोगको कार्यालय खारेज गर्ने निर्णयलाई तत्काल सच्याउन उहाँले सरकारसँग माग गर्नुभएकाे छ ।






