अमेरिका उडेको एअर इन्डियाको जहाज रुसमा आकस्मिक अवतरण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

नयाँ दिल्ली । अमेरिकाका लागि उडान भरेको इयर इन्डियाको बिमान आकस्मिक रुपमा रुसमा अबतरण भएको छ ।

सान फ्रान्सिस्कोका लागि उडेको एयर इन्डियाको विमानले रुसमा आपतकालीन अवतरण गरेपछि स्थितिलाई नजिकबाट नियालिरहेको अमेरिकाले जनाएको छ।

टाटा समूहको स्वामित्वमा रहेको उक्त बिमान एआई १७३ को इन्जिन फेल भएकाले रुसको मगदानतर्फ डाइभर्ट गरिएको थियो । दुई सय १६ यात्रु र १६ जना चालक दलका सदस्य सवार विमान सकुशल अवतरण भएको छ । सो बिमानले मंगलवार दिल्लीवाट उडान भरेको थियो ।

अमेरिकी विदेश मन्त्रालयका उपप्रवक्ता वेदान्त पटेलले भने, ‘रुसमा आकस्मिक अवतरण गरेको तथा अमेरिकी उडान भरेको सो बिमानका बारेमा जानकार छौं। हामीले सो स्थितिलाई नजिकबाट नियालिरहेका छौं। यद्यपि, म यसको पुष्टि गर्न असमर्थ छु कि सो बिमानमा कति अमेरिकी नागरिकहरू थिए ?’ यद्धपी, सो बिमानमा रहेका अमेरिकी नागरिकका बारेमा जानकारी लिने काम भने भईरहेको छ ।

ADVERTISEMENT

वेदान्त पटेलले अगाडी भने, ‘यो उडान अमेरिकाको लागि उडेको थियो। त्यसैले, निश्चित रूपमा त्यो जहाजमा अमेरिकी नागरिक रहेको सम्भावना रहन्छ तर एयर इन्डियाले यात्रुहरूलाई गन्तव्यमा लैजान अर्को उडान पठाउँदैछ।’ उनका अनुसार सबन्धित एयरलाइन्सले नै सो बारेमा सही जानकारी दिन सक्छ ।

उता, एयर इन्डियाका प्रवक्ताले एक विज्ञप्तिमा भनेका छन्, ‘एयर इन्डियाले अब म्यागादानबाट सान फ्रान्सिस्कोको लागि जुन ८ मा वैकल्पिक उडान सञ्चालन गर्नेछ, एआई १७३ का सबै यात्रुहरू र चालक दललाई लिएर सो बिमान उडनेछ, हाल म्यागादानका स्थानीय होटलहरूमा यात्रुहरुलाई सुरक्षित राखिएको छ।’

उनका अनुसार यात्रुलाई चाँडोभन्दा चाँडो गन्तव्यमा पुर्‍याउने प्रयासमा प्राधिकरणले एयरलाइन्सलाई सहयोग गरिरहेको बताए। विमान (बोइङ ७७७) को चेकजाँच भइरहेको र यात्रुलाई विमानस्थलमा सबै खाले सहयोग उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?