इतिहासमा पहिलो पटक बेलायती शाही परिवार अदालतमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

लन्डन । बेलायतको शाही इतिहासको १०० वर्षमा पहिलो पटक राजकुमार ह्यारी उच्च अदालतमा बयान दिन उपस्थित भएका छन् ।

बेलायती अखबार डेली मिरर विरुद्धको आरोपको सम्बन्धमा बयान दिन राजकुमार लन्डन उच्च अदालतमा हाजिर भएका हुन ।

डेली मिररका पत्रकारहरू माथि फोन ह्याकिङलगायतका गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोपको मुद्धा अदालतमा चलिरहेको छ । एमजीएनको जासुसी र धोखाका कारण उनको व्यक्तिगत जीवनमा धेरै असर गरेको डेली मिररका पत्रकारहरू माथि आरोप छ ।

राजकुमार ह्यारी अब शाही परिवारमा छैनन् र आफ्नी पत्नी मेगन मार्कल र दुई बच्चाहरूसँग अमेरिकामा बस्छन्।

ADVERTISEMENT

डेली मिरर, सन्डे मिरर र सन्डे अपीलले फोन ह्याकिङ र धोखाधडी सञ्चालन गरेको एमजीएन माथी आरोप छ । एमजीएन सन २०१० देखि २०१९ सम्म निजी गुप्तचरहरूबाट निजी जीवनको बारेमा जानकारी सङ्कलन गर्ने कार्य गर्दथ्यो । एमजीएनले यो बिबादका बारेमा भनेको छ कि अदालतमा मुद्दा ल्याउन ढिला भयो ।

अभियुक्त पक्षका वकिलले राजकुमारलाई मुद्दामा प्रश्न सोध्न सक्छन्। राजकुमारका वकिलले पत्रकारहरुलाई भने कि सुनुवाई सुरु हुने अघि ह्यारीलाई दिवंगत आमा राजकुमारी डायनाको आवाज सुनाईएको थियो।

ह्यारी भन्छन् कि १४० वा रिर्पोटहरु जो प्रकाशित भएका थिए, त्यो फोन ह्याकिङ वा अन्य गैरकानूनी कार्यहरूको परिणामवाट छापिन पुगेका थिए । उनका वकिलहरूले भनेकी जसका कारण लामो समयदेखि प्रेमिका चेल्सी डेभीसँगको राजकुमार ह्यारीको सम्बन्ध तोडिन पुग्यो ।

ह्यारीले बेलायती अखबारहरू विरुद्ध उच्च अदालतमा चारवटा मुद्दा दायर गरेका छन्, ती मध्ये यो केस पनि एक हो । उनले मर्डोकको एनजीएनमा पनि मुद्दा हाल्दैछन्। उनले एनजीएनको सन ट्याब्लोइडलाई पनि फोन ह्याकिङ र अन्य गैरकानूनी कार्यको आरोप लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?