सफा हिमाल अभियान २०२३ सम्पन्न

Read Time = 3 mins

काठमाडौं । नेपाली सेनाको नेतृत्वमा विभिन्न सरकारी संस्था र दातृ संस्थाको सहकार्यमा सञ्चालित सफा हिमाल अभियान २०२३ को चौथो संस्करण सम्पन्न भएको छ । विश्व वातावरण दिवसका अवसरमा जुन ५ मा आयोजित समापन कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायत अभियानमा संलग्न अन्य साझेदार निकाय र सरकारी अधिकारी तथा मुख्य सरोकारवालाले उक्त जानकारी दिएका हुन् । चार मुख्य हिमाल सगरमाथा, ल्होत्से, अन्नपूर्ण र वरूणत्से सरसफाइ गर्ने उद्देश्यका साथ अभियान २८ मार्चमा सुरु भएको थियो ।

अत्यधिक उचाइमा रहेका हिमालबाट फोहोर संकलन गर्ने जोखिमपूर्ण यात्रामा नेपाल आर्मीका सदस्य र शेर्पा गरी ९७ जना सहभागी थिए ।
सहयोगी कोकाकोला फाउण्डेसनका अनुसार टिमको अथक प्रयासले ३५ हजार सात सय आठ केजी फोहोर संकलन गर्न सफल भएको थियो ।

ADVERTISEMENT

यसरी संकलन गरिएका फोहोरहरू काठमाडौं पठाई पूर्णरूपमा छुट्याएर रिसाइकल पार्टनर क्रिएसनलाई हस्तान्तरण गरिनेछ । जसले ती फोहोरहरूलाई पुनः छुट्याएर रिसाइकल अथवा उचितरूपमा व्यवस्थापन गर्नेछ । अभियान २०२३ का निर्देशक ब्रिगेडियर जनरल सुन्दरकुमार पाण्डेले भन्नुभयो, ‘प्रतिकूल मौसम र अत्यधिक उचाइका कारण यात्रा अवश्य चुनौतीपूर्ण र जोखिमपूर्ण थियो तर हाम्रा हिमाल सफा राख्ने अभियान सफलतापूर्वक सम्पन्न हुनुलाई हामीले गर्वका रूपमा लिनुपर्छ । अभियानको सुरुवातदेखि नै निरन्तर सहयोग प्रदान गरेकोमा कोकाकोला फाउण्डेसनलाई विशेष धन्यवाद प्रदान गर्दछौँ ।’

कोकाकोला फाउण्डेसनका अध्यक्ष सादिया माड्सब्जर्गले भन्नुभयो, ‘फाउण्डेसनको सफा हिमाल अभियानसँगको सहकार्यले वातावरण फोहोरमुक्त बनाउने हाम्रो दृढ प्रतिबद्धतालाई थप सार्थक बनाएको छ । यी हिमालहरू प्राकृतिक सम्पत्ति हुन् र नेपालीका लागि सांस्कृतिकरूपमा पनि महत्व राख्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज