खप्तडमा आध्यात्मिक सम्मेलन आजबाट, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 4 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड जाँदै हुनुहुन्छ ।

खप्तडमा आजदेखि शुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उदघाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तड जान लाग्नुभएको हो ।

सो सम्मेलनमा विश्व प्रसिद्ध योग गोरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दै आउनुभएका महायोगी जगत्गुरु शिद्धबाबा कृष्णदास महाराजलगायतको उपस्थिति रहने छ ।

सम्मेलनको पहिलो दिन बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्णले योगा गराउने कार्यक्रम रहेको छ ।

सो सम्मेलनमा सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकीहरू भुँवा, हुडक्यौली, गौरा, देउडा, पुतला नाचलगायतका प्रस्तुत गरिनेछ ।

ADVERTISEMENT

सम्मेलनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खप्तडको प्राकृतिक सौन्दर्यता, आध्यात्मिक, योग, ध्यान र साधनाको महत्वलाई चिनाउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समिति, तथा स्थानीय तहको आयोजनामा हुन लागेको सम्मेलन सम्पन्न गर्न करिब तीन करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उसो त ‘मानसखण्ड’ पुस्तकमा समेत खप्तडलाई पृथ्वीको सुन्दर ठाउँका रूपमा वर्णन गरिएको छ । ६५ वर्षको उमेरमा खप्तड पुग्नुभएका खप्तडबाबाले साधना गरेर सोही क्षेत्रमा ५० वर्ष बताएको इतिहास छ । खप्तड आफैँमा अलौकिक देव भूमिको रूपमा परिचित छ ।

सुदूरको सम्भावनाको पहिचान गर्न, धार्मिक पर्यटनलाई सुदूरको अर्थतन्त्रसँग जोड्न र पर्यटकीय गन्तव्यको प्रमुख केन्द्र बनाएर बडीमालिका, रारा, बूढीनन्दा, मानसरोवरलाई समेत जोडेर लैजाने तयारीका लागि पनि सम्मेलन गर्न लागिएको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी प्रमुख भीमबहादुर खड्काले बताउनुभयो ।

पाँच सयभन्दा बढीको सहभागिता हुने विश्वास गरिएको सम्मेलनमा विभिन्न १६ देशका राजदूत सहितका प्रतिनिधीलाई आमन्त्रण गरिएको छ । सम्मेलनमा सहभागी हुन काठमाडौंबाट हवाई मार्गबाट धनगढी र सडक मार्गबाट डोटीको दिपायल, अछामको चौरपाटी, बझाङको लमैल र बाजुराको लसकेसम्मको यात्रा गर्नुपर्ने हुन्छ । त्यसैगरी दिपायलबाट खप्तडसम्म हेलिकोप्टरको समेत व्यवस्था निजी कम्पनीले गर्ने बुझिएको छ ।

डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाले घेरिएको खप्तड क्षेत्र धार्मिक तथा बहुमूल्य जडीबुटीका लागि प्रख्यात छ। २२ पाटन, २५ मैदान र ५२ वटा थुम्काले भरिपूर्ण एवं जैविक विविधताको फूलबारी खप्तडमा सयौँ प्रजाति चरा, ३७२ प्रजातिका वनस्पति र १३० थरीका जडीबुटी पाइन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?