युक्रेन युद्धः डिनिप्रोमा रुसी आक्रमणमा २० घाइते

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

किभ । युक्रेनको मध्य शहर डिनिप्रोमा भएको रुसी हमलामा परेर २० जना घाइते भएका छन् ।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले साझा गरेको भिडियोमा उद्धारकर्ताहरूले दुई तले भवनको अवशेष खोजिरहेको देखाइएको छ। सो हमलामा अरु पनि फसेको आशंकामा भग्नावशेषमा खोजी जारी राखिएको छ ।

एक युक्रेनी सुरक्षा अधिकारीका अनुसार राजधानी कीभमा सो आक्रामण पछि विस्फोटको आवाज सुनिएको छ र हवाई प्रतिरक्षा प्रणाली फेरि तैनाथ गरिएको छ। युक्रेनका सबैजसो भागमा हवाई आक्रमणको अलर्टमा राखिएको छ।

ADVERTISEMENT

रुसले पछिल्लो घटनाबारे भने कुनै प्रतिक्रिया दिएको छैन।

जेलेन्स्कीले डिनिप्रोमा भएको विस्फोटलाई जानाजानी रूसी आक्रमणको रूपमा वर्णन गरेका छन । यद्यपि रूसले छिमेकी देशमा आक्रमण गर्दा नागरिकहरूलाई लक्षित गर्ने गरेको सुरुदेखि नै अस्वीकार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज