काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड-६३६’ प्याकेजलाई अझै सुविधायुक्त बनाइएको छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध अफरअन्तर्गत छ सय ३६ रुपैयाँमा ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा सय मिनेट कल गर्न सकिनेछ । अननेट एक सय ५० एसएमएससमेत पठाउन सकिनेछ । त्यसैगरी पहिले प्रत्येक दिन तीन सय एमबी डाटा प्रयोग गर्न सकिने व्यवस्था भएकोमा अब एकमुष्ट नौ जिबी डाटा उपलब्ध हुनेछ ।
पहिले सो तीन सय एमबी डाटा सकिएमा दैनिक ६४ केबिपिएसको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा रहेकोमा अब आवश्यकताअनुसार नौ जिबी डाटा जुनसुकै बेला प्रयोग गर्न सकिने कम्पनीका प्रवक्ता शोभन अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts