प्रतिवादीको बयान अन्तिम चरणमा, आज पूर्व गृहमन्त्री खाँणसहित तीन जनाको बयान लिइँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये अब तीन जनाको मात्रै बयान लिइन बाँकी रहेको छ । पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित बाँकीको बयान आज लिन लागिएको हो ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको बयान लिन बाँकी छ ।

बिहीवार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित तीन जनाको बयान भएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्व उपप्रधानमन्त्री रायमाझी, आङटावा शेर्पा र समशेर मियाँले बयान लिइएको थियो ।

नक्कली शरणार्थी प्रकरणमा प्रतिवादीको बयान जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा लिन थालिएको हो ।

ADVERTISEMENT

पक्राउ परेकाहरू सबैको बयान सकिएपछि थुनछेक आदेश आउनेछ र अभियुक्तहरूलाई थुनामा पठाउने कि बाहिर राख्ने भन्ने आदेश अदालतले दिनेछ । दुवै पक्षको बहस सकिएपछि इजलासले प्रतिवादीका सम्बन्धमा अदालतमा पेस गरिएका प्रमाण, उनीहरूको बयान र तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिएको अवस्थामा उनीहरूलाई थुनामा पठाउन सक्नेछ । अपराधको मात्रा कम देखिएको वा तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्ने लागेमा इजलासले केही प्रतिवादीलाई साधारण तारेखमा पनि राख्न सक्नेछ भने भागेर अन्यत्र जानसक्ने कतै सम्भावना नदेखेको अवस्थामा धरौटी लिएर पनि तारेखमा बस्ने आदेश दिन सक्नेछ ।

यसअघि नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यमा संलग्न ३० जनाविरुद्ध सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रियता विरुद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।

प्रकरणमा जोडिएका ३० जनाविरुद्ध साढे २७ करोड बराबरको बिगो कायम गरी आरोपपत्र दायर गर्नुपर्ने प्रहरीको निष्कर्ष छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व-उपप्रधानमन्त्री रायमाझी तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १७ जना पक्राउ परेका छन् । प्रकरणका आरोपितमध्ये १२ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?