सेयर बजार दोहोरो अंकले घट्यो

Read Time = 3 mins

काठमाडौं । गत साता उच्च अंकले बढेको सेयर बजार आइतबार भने उच्च अंकले घटेको छ । सेयर बजार १७.३८ अंकले घटेको हो । कारोबारमा आएका उत्पादनमूलक र म्युचुअल फण्डबाहेक सबै ११ वटै सूचक घटेका छन् । होटल सर्वाधिक २.७७ प्रतिशत र निर्जीवन बीमा, फाइनान्स, विकास बैंकको इण्डेक्स पनि दुई प्रतिशतभन्दा बढीले घटेका छन् । यस दिन दुई सय ७० कम्पनीका ७० लाख ५० हजार ३९ कित्ता सेयर दुई अर्ब ६३ करोड ९६ लाख ५९ हजार पाँच सय रुपैयाँमा खरिदबिक्री भएका छन् । कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा ७६ करोड ६६ लाख रुपैयाँले बढेको छ । अघिल्लो दिन बुधबार एक अर्ब ८७ करोड ३० लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आइतबार कारोबार रकमका आधारमा शीर्षस्थानमा रहेको शिवम् सिमेन्टको २१ करोड ७९ लाख ९४ हजार रुपैयाँ बराबरको चार लाख ५९ हजार दुई सय ३९ कित्ता सेयर खरिदबिक्री भएका छन् भने नेपाल टेलिकमको नौ करोड १३ लाख दुई हजार, सोल्टी होटलको आठ करोड ८६ लाख ६९ हजार, चिलिमे हाइड्रोपावरको आठ करोड ३८ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । पाँचौँ ठूलो कारोबार भएको नेपाल इन्फ्रास्टक्चर बैंकको सात करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

ADVERTISEMENT

आत्मनिर्भर लघुवित्त, युनिलिभर, नेपाल लिमिटेडको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ भने युनियन लाइफको एक सय ९० कित्ता सेयर ७२ हजार पाँच सय ५२ रुपैयाँमा खरिदबिक्री भएका छन् । एनएमबी डिबेञ्चर २०८७/८८ को मूल्य ६.०१, चिलिमे हाइड्रोपावर ५.९९, नेपाल बैंकको ४.८६, आदर्श लघुवित्तको ४.०१, सामुदायिक लघुवित्तको ३.७५, उन्नति सहकार्य लघुवित्त ३.०६, नबिल इक्विटी फण्ड २.८४ र एसियन हाइड्रोपावरको २.४४ प्रतिशतले सेयर मूल्य बढेको छ । तर, हिमालयन ऊर्जा विकास कम्पनीको सेयर सर्वाधिक ६.४० प्रतिशतले घटेको छ । न्यादी हाइड्रोपावर पाँच, नयाँ साथी लघुवित्त ४.९०, नेसनल माइक्रोफाइनान्स ४.७३ र हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य ४.४२ प्रतिशतले घटेको छ । नेप्से घटेसँगै लगानीकर्ताको सम्पत्ति मापक सूचक कुल बजार पुँजीकरण २८ खर्ब ३३ अर्ब ५५ करोड २९ लाख ८० हजार रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज