मैले घुस नखाँदा पापीहरू बौलाउन थाले : मन्त्री किराती

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले घूस नखाँदा र नखुवाउँदा पापीहरू बौलाएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा मन्त्री किरातीले आफूले घूस खाएको प्रमाणित गरे एक मिनेट पनि पदमा नबस्ने उल्लेख गर्नुभएको छ ।

ADVERTISEMENT

‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा पाँच सयको कात्रो र पाँच फिट जमिन चाहिएला,’ मन्त्री किरातीले फेसबुकमा लेख्नुभएको छ, ‘प्रमाणित गर म एक मिनेट बस्दिन ।’

उहाँले मरेर जाँदा पाँच सयको कात्रो र पाँच फिट जमिन मात्रै चाहिने भएकाले अरुमा आफूले चासो नदिने उल्लेख गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *