महालक्ष्मीको क्रेडिट कार्ड सेवा

Read Time = 1 min

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बैंकको २९औँ वार्षिकोत्सवका अवसरमा भिसा क्रेडिट कार्ड सेवा शुभारम्भ गरेको छ । बैंकले शुक्रबार एक कार्यक्रमबीच क्रेडिट कार्ड सेवा शुभारम्भ गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले क्रेडिट कार्ड सेवा शुभारम्भ गर्नुभएको हो ।

क्रेडिट कार्ड प्रयोगकर्ताले प्वाइन्ट अफ सेल (पोस मेसिन), अनलाइन कारोबार तथा भिजा कार्ड स्वीकार गर्ने एटिएमबाट सजिलै नगद झिक्न, पोसमार्फत् भुक्तानी गर्न र वस्तु वा सेवा खरिद गर्न सक्नेछन् ।

ADVERTISEMENT

कार्डमार्फत् नगद झिक्दा, अनलाइन भुक्तानी गर्दा र वस्तु वा सेवा खरिद गर्दा अधिकतम् ४५ दिनसम्म ब्याज नलाग्ने, क्रेडिट कार्ड सीमा १५ हजारदेखि पाँच लाखसम्म पाउने तथा नेपाल, भारत र भुटानमा सजिलै प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज