काठमाडौं । नेपाल एसबिआई बैंक र नेपाल रेमिट इन्टरनेसनल प्रालिबीच सम्झौता भएको छ । सम्झौताअनुुसार नेपाल रेमिटका विभिन्न शाखा, प्रतिनिधि अफिस तथा एजेन्टमार्फत् पठाएको रेमिट्यान्स रकम नेपाल एसबिआई बैंकका सम्पूर्ण शाखामार्फत् भुक्तानी लिन सकिनेछ ।
बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत रितेश अर्यालका साथै नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालको उपस्थितिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा नेपाल रेमिटका नायब महाप्रबन्धक देवबहादुर थापाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता