काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । संघीय संसद भवन, वानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेसनका १३ औं बैठक बस्न लागेको हो ।
११ बजे बस्ने बैठकबाट आज सरकारको नीति तथा कार्यक्रम पारित हुँदैछ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।
सो अघि आज पनि नीति तथा कार्यक्रममा सांसदहरूले आ आफनो धारणा राख्नेछन् भने प्रधानमन्त्रीले जवाफ दिए पछि सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उक्त नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल जारी छ।
नीति तथा कार्यक्रममाथि विपक्षी दलहरुले कडा आलोचना गरेका थिए ।
राष्ट्रियसभाबाट भने यसअघि नै प्रधानमन्त्रीले जवाफ दिएर नीति तथा कार्यक्रम पारित भइसकेको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts