नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा प्रथम रामग्राम सांस्कृतिक मेला २०८० मंगलबारदेखि सुरु भएको छ । रामग्राम २ वडा कार्यालयको आयोजना तथा जय माता दि एम्युजमेन्ट एण्ड इन्भेष्ट म्यानेजमेन्ट प्रालि व्यवस्थापन एवं रामग्राम नगरपालिकाको संरक्षकत्वमा पहिलोपटक सांस्कृतिक मेला आयोजना गरिएको हो ।
रामग्राम नगरपालिका २ का वडाध्यक्ष निरज रौनियारको संयोजकत्व एवं नगरप्रमुख धनपत यादवको अध्यक्षता तथा लुम्बिनी प्रदेशका आन्तरिक मामिला एवं कानुनमन्त्री सन्तोषकुमार पाण्डे र प्रदेशसाभ सदस्य खड्क बस्नेतको उपस्थितिमा मेला उद्घाटन गरिएको हो । सो अवसरमा मन्त्री पाण्डेले सांस्कृतिक मेला आयोजनाले देशको धर्म, संस्कृतिका साथै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताउनुभयो ।
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा बुद्धसँग सम्बन्धित लुम्बिनी, तिलौराकोट, रामग्रामलाई बुद्ध सर्किट निर्माण गर्न बहुवर्षीय योजना बनाई २० करोड लागतअन्तर्गत हरेक वर्ष पाँच करोड छुट्याउने गरी प्रदेश सरकार अघि बढिरहेको उहाँको भनाइ थियो । नगरपालिकाका वडा १ देखि १८ सम्मका वडाध्यक्ष र कार्यपालिका सदस्यका साथै कार्यक्रममा नेपाली कांग्रेस कार्यवाहक सभापति बिक्रम यादव, उपप्रमुख सम्झना चौधरीलगायतको उपस्थिति रहेको थियो ।
मेलामा प्रथम रामग्राम डान्स आइडल प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कार व्यवस्था गरिएको छ । मेलामा ५० वटा स्टल रहेको वडाध्यक्ष रौनियारले जानकारी दिनुभयो । मेलामा ४० लाखको कारोबार हुने अनुमान गरिएको मेला व्यवस्थापक राजवीर जयसवालले बताउनुभयो । मेलामा स्थानीय कलाकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुतिसमेत रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts