मुक्तिनाथलाई आरोगिन हेल्थ केयरमा छुट

Read Time = 1 min

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले आरोगिन हेल्थ केयरमा ४५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन काठमाडौंको विशालनगरस्थित आरोगिन हेल्थ केयरसँग सम्झौता गरेको हो ।

ADVERTISEMENT

सम्झौतापछि बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकले उक्त हेल्थ केयरका विभिन्न सेवासुविधामा ४५ प्रतिशतसम्म छुट पाउन सक्ने बैंकले जनाएको छ । हेल्थ केयरले कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको उपचारलगायत छाला, दाँतसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज