काठमाडौ । सुनको भाउ शुक्रबार पनि घटेको छ। शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख ९ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।
शुक्रबार पनि चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३७० रुपैयाँ नै कायम भएको छ । बिहीबार पनि भाउ स्थिर रहँदै चाँदी १ हजार ३७० रुपैयाँमै कारोबार भएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts