धेरै बीमा कम्पनीलाई लाइसेन्स दिने सरकारको कदम नै गलत : अर्थमन्त्री महत

Read Time = 7 mins

काठमाडौ । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा धेरै बीमा कम्पनीहरुलाई लाइसेन्स दिने सरकारको कदम ठिक नभएको बताउनुभएको छ ।

सोमवार (हिजो) बीमा कम्पनीको ५५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले धेरै बीमा कम्पनीहरुलाई लाइसेन्स दिने सरकारको कदम गलत भएको बताउनु भयो ।

उहाँले प्राधिकरणको अगुवाईमा बीमा कम्पनीहरु मर्जरमा जानु आवश्यक भएको उल्लेख गर्नुभयो । उहाँले बीमा क्षेत्र प्रतिष्पर्धी, परिणाममुखी र स्वस्थ हुन जरुरी रहेको बताउनु भयो ।

अर्थमन्त्री महतले धेरै बीमा कम्पनीहरुलाई लाइसेन्स वितरण गरिएको भन्दै अब कोर्ष करेक्शन जरुरी रहेको बताउनु भयो । उहाँले बीमामा धेरै क्षेत्रलाई समेट्न जरुरी रहेको बताउँदै , नियामक निकायले व्यवसायिक हैसियत देखाउन जरुरी रहेको बताउनु भयो । उहाँले देशको आर्थिक अवस्थालाई मध्यनजर गरी बीमा कम्पनीहरु दर्ता गर्न जरुरी रहेको बताउनु भयो ।

ADVERTISEMENT

अर्थमन्त्री डा. महतले सरकारले बीमालाई उच्च प्राथमिकता दिएको र स्वास्थ्य बीमाको समानन्तर चलिरहेको उल्लेख गर्दै यसलाई कसरी एउटै छाताभित्र ल्याउने भन्ने चुनौति रहेको बताउनु भयो । उहाँले सामाजिक सुरक्षाका दायित्वलाई कसरी वहन गर्ने भन्नेबारेमा सरकारले बीमाबाट नै सामाजिक सुरक्षा कसरी जोड्ने भन्नेबारेमा खोजिको विषयवस्तु रहेको बताउनु भयो । उहाँले सम्पूर्ण वित्तीय क्षेत्रमा सुधारको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बीमाको नियामक निकायलाई स्वायत्ततिर उन्मुख गर्दै त्यो दिएको कारण के हो भने त्यसले स्वतन्त्र रुपमा व्यवसायिक हिसावले बीमाको जुन आवश्यक्ता छ देशमा विभिन्न क्षेत्रलाई त्यसले कभर गर्नुपर्ने आवश्यक्ता छ । त्यो क्षेत्रमा काम गर्ने बीमा कम्पनी चाहे सरकारी होस्, चाहे गैरसरकारी होस्, त्यसको पारदर्शीता, कम्पिटेटीभनेस र बीमा लिने ग्राहकहरु छन्, उनीहरुको सुरक्षा त्यो नै यसको महत्वपूर्ण जिम्मेवारी हो । मैले यहाँ तपाईहरुलाई भन्नुपर्छ की, नियामक निकायले व्यवसायिक हैसियत देखाउन हामीले सकेका छौँ की छैनौँ ? नेपाल जस्तो देशमा निजी क्षेत्रमा कति वटा बीमा कम्पनी छ ? अहिले नै १५/१६ वटा कति छ । पहिला त २५ सम्म पनि पुगेको थियो क्यारे । यो कसरी हुनगयो ? यसको संरचना नै राजनीतिक स्तरमा अन्यथा हुनसक्छ । गर्दिउँ, दिउँ, त्यो प्रफेसनलिजम कतिपय अवस्थामा मिसिङ पनि हुनसक्छ भनेर यसको व्यवस्था गरिएको हो, यसो गर्दा जसले बीमा गराउँछ, उनीहरुले जुन लगानी गर्छन् त्यस प्राप्तिको लागि, त्यसको जोखिम त बढ्दै जाने हो । जुन बीमा कम्पनी भनेर दर्ता भएको छ, जसले बीमालाई अघि बढाउँछन्, त्यो नै भोलि त्यसको हैसियत के हुन्छ, भन्नेकुराको बारेमा यथेष्ट विश्वसनियता भएन भने बीमामा को आकर्षित हुन्छ ? बीमा कम्पनी अचानक गायब भयो भने के हुन्छ ? यो महत्वपूर्ण प्रश्न हो । त्यसकारण जे हुनु भइसक्यो, अब यसलाई प्रतिष्पर्धी र एउटा साइजमा हाम्रो जस्तो साइज छ इकोनोमीक साइज यो साइज भएको देशमा कति बीमा कम्पनीको आवश्यक्ता छ, कति दिगो रुपमा र ग्राहकको मागलाई धान्न सक्छ ? त्यसलाई मध्यनजर राखेर मर्जरमा जानु हुँदैछ, तर शुरुमा यत्रो धेरै बीमा कम्पनी अनुमति दिनु नै ठिक थिएन, त्यसको कोर्ष करेक्शन हुन जरुरी छ । त्यसलाई हेल्दी, कम्पिटेटिभि र ग्राहकको सुरक्षा, जे लक्ष्यको लागि हो त्यसमा चल्न जरुरी छ, त्यसका लागि बीमा प्राधिकरणको नियामक निकायको हैसियतले प्रभावकारी भुमिका अपेक्षा गर्दछु, यसको व्यवसायिक, मोर्डन, आधुनिक हुन जरुरी छ । हामीले ट्रेडिसनल तरिकाबाट र नियामकले नै सरकारी स्तरको सरकारी बीमा कम्पनीलाई डिस्टवाइ गरेर अर्कोलाई फाइदा दिने, अर्कोलाई फाइदा दिन अर्कोलाई दिने त्यो नियामकको काम होइन, नियामकको जिम्मेवारी भनेको यसलाई नियममा रहेर सञ्चालन गर्ने जिम्मेवारी हुन्छ ।’

अर्थमन्त्री डा. महतले राजनीतिक स्तरबाट नियामककारी निकायहरुमा हस्तक्षेप गर्ने प्रवृत्तिका कारण पनि कतिपय व्यवसायिकतामा ह्रास आइरहेको उल्लेख गर्नुभयो । उहाँले अर्थ मन्त्रालय र मन्त्रालयसँग जोडिएका संरचनाहरु हस्तक्षेपकारी भुमिकाबाट चल्न नसके उल्लेख्य प्रगति हुन नसक्ने बताउनु भयो । सुरक्षाको जिम्मेवारीलाई पूर्ण रुपमा निर्वाह गर्न बीमा कम्पनीहरुले समस्यामुक्त भइ काम गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?