नारायणगढमा एनओजीको दोस्रो च्याप्टर राइड

Read Time = 1 min

नारायणगढ । टिभिएस मोटर कम्पनीका लागि नेपालस्थित बिक्रेता जगदम्बा मोटर्सले नारायणघाटमा एनओजी(एन्टर्क ओनर्स ग्रुप) दोस्रोपटक राइड आयोजना गरेको छ । शनिबार आयोजित राइड टिभिएसको नारायणगढ शोरूमबाट सुरु भएर जगतपुरमा समापन भएको थियो । आयोजकका अनुसार राइडमा सहभागीबीच विभिन्न गेम पनि खेलाइएको थियो भने सहभागी सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र र अनुशासित राइडरलाई मेडल प्रदान गरिएको थियो ।

ADVERTISEMENT

करिब ४० जना राइडरहरू सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरूका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाका बारेमा जानकारी प्रदान गर्नुका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?