मतदान केन्द्र रहेका विद्यालय तीन दिन बन्द गर्न सिफारिस

Read Time = 2 mins

काठमाडौं । निर्वाचन आयोगले २८ वैशाखदेखि ३० वैशाखसम्म तीन दिन मतदान केन्द्र रहने विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।

मतादन केन्द्र रहेका विद्यालयहरूको भौतिक उपस्थिति नगराई वैकल्पिक विधिबाट पठनपाठन गर्ने व्यवस्था मिलाउन मुख्य सचिवमार्फत नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचनको लागि मतदान केन्द्र रहेका विद्यालयहरूमा सुरक्षा व्यवस्था, मतदान केन्द्रको व्यवस्थापन लगायतका कार्यको लागि तीन विद्यालय बन्द गर्नुपर्ने देखिएको उहाँले बताउनु भयो ।

ADVERTISEMENT

निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र तोकिएका विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन मतदान प्रयोजनका लागि उपयोग गर्न त्यस्ता भवनहरू तीन दिन उपलब्ध गराउन समेत सबै स्थानीय तहलाई लेखी पठाउने निर्णय भएको उहाँको भनाइ छ ।

विद्यालय तीन दिन बन्द रहँदाको बेला पठनपाठनमा समस्या हुने देखिए वैकल्पिक व्यवस्था अपनाउन सकिने उहाँको भनाइ छ । 'तीन दिन भर्चुअल माध्यमबाट पनि पठनपाठन गराउन सकिन्छ । यसअघि कोरोना महामारीको समयमा भर्चुअल नै पठनपाठन हुँदै आएको थियो,' अर्यालले भन्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज