घेराबन्दीका फलामे साङ्ला छिनालौँ !

बद्रीप्रसाद दाहाल
बद्रीप्रसाद दाहाल
Read Time = 13 mins

‘घेरा’ शब्दले पर्खाल वा कम्पाउन्डको बार, चौगिर्दा, घरजग्गा आदिको चारैतिर बेरिएको पर्खाल, वृत्ताकार परिधि, कुुँडुलो परेको फेरो भनेर बुझाउँछ । ‘बन्दी’ भन्नाले जेलमा थुना परेको व्यक्ति, थुनुवा, कैदी वा चारण, भाट, राजाहरूको स्तुतिगान गर्ने व्यक्ति आदि भिन्न भिन्न आसयको छनक दिलाउँछ । यी दुुई शब्द जोडिएर अर्थ दिँदा अहिले नेपालको सन्दर्भमा भने यस्तो अर्रथ लाग्छ । नाताकुटुम्ब, विभिन्न स्वार्थसमूूह, दलाल, बिचौलिया, कमिसन बुुझाउने निर्माण व्यवसायी वा ठेकेदार र आसेपासेहरूले घेरा हालेर कुनै निश्चित समूहको स्वार्थ साध्न षड्यन्त्र गर्ने कुुकाम या अवैधानिक काम गराउन शक्तिकेन्द्रका अगुवालाई बाध्य पार्ने स्थिति भनेर बुुझिन्छ ।

यतिखेर लोकतान्त्रिक गणतन्त्रे नेपालमा शासनप्रशासन चलाउन उत्तर— दायित्वको पगरी लगाएकाहरूको घेराबन्दी सामूूहिक क्रन्द्रनले गर्दभरागलाई उछिन्दै हाप्सिलाको जस्तो झर्कोलाग्दो रवमा रोदन गर्ने नाटक चलिरहेको छ । वडासदस्य, वडाअध्यक्ष, पालिकापतिदेखि सांसद, मन्त्री, प्रधानमन्त्री र मालपोतका मुखियादेखि मन्त्रालयका सचिवसम्मको भाका, राग, बोली, लोली तथा चिच्याहटमा एउटै शब्द छ —ः ‘घेराबन्दीमा परेँ, प्रभाव र दबाबको सनसोले मेरो विवेक सुमर्न आँटियो’ ! तर म घेरा तोडेरै छाड्छु ! आदि कोलाहल वा अफबाह मच्चाएर शासन र प्रशासनमा टिक्न एकाङ्की तथा पूूर्णाङ्की मञ्चन गर्ने चतुरेहरूको चटारो छ ।

संसद्लाई घेरबन्दी भयो ! भ्रष्टाचार फाइल खोल्दा घेराबन्दी भयो ! महागठबन्धनले पार्टीविरूद्ध घेराबन्दी गर्‍यो ! परिवर्तन उल्ट्याउन प्रतिगामी र पश्चगामीबाट घेराबन्दी भयो ! उद्योगीहरूको रोदन छ उद्योगको घेरवन्दी भयो ! वित्तीय निकायहरूको असन्तोष छ ऋणीहरूबाट घेराबन्दी भयो !

उता राजनीतिक तथा आर्थिक भ्रष्टाचारमाफर्त देशलाई मदारी जमातले घेरामा पार्न लागिसके भनेर जनता तारे, तिल्के, झिल्के र धतुरेतिर धारे हात, लपुवा हान्ने पोजिसन लिएरै उभिएका छन् । सबै नेपाली जनमानस सच्चा राननेताको खोजमा तड्पिरहेका छन् । सायद यतिखेर यो नीतिश्लोक दिलैदेखि पुनरावृत्ति गरिरहेका छन् ।

‘गङ्गा पापं शशी तापं, दैन्यं कल्पतरूस्तथा ।
पापं तापं तथा दैन्यं, हन्ति सज्जन सङ्गमः’ ।।
अर्थात् गङ्गाले पापरूपी फोहरलाई समाप्त पार्छन् भने चन्द्रमा तापको निवारण गर्ने क्षमता राख्छन् । त्यसैगरी कल्पतरू भन्ने एक स्वर्गीय वृक्ष हुन्छ जसलेदरिद्रता हरण गरी वैभव दिलाउने सामथ्र्य राख्छन् । तर सज्जन विवेकशील, सत् चित् र आनन्दका प्रतिमूर्ति दूरद्रष्टासित भने गङ्गा, चन्द्रमा र कल्पवृक्ष तीनवटै पक्षका लोकोत्तर भान हुने पराक्रम त्यस्ता राजनेतासित हुन्छन् । लिक्वान युुआधुुनिक सिङ्गापुरका अविस्मरणीय अधिष्ठाता, देङ सियाओ पिङ जसले चीनलाई उद्योग, रक्षा, विज्ञान र कृषिमा आधुनिकीकरणको तिलस्मी छलाङ मार्न सफल भए भने दक्षिण अफ्रिकाका मण्डेला तथा भारतका गान्धीहरूको आदर्श चिन्तनलेराजनीतिलाई जनमुखीकरण र व्यवहारीकरणमा अनुुदित गरायो ।

अमेरिकाका लिङ्कनले युुगौँदेखिका दासप्रथाको उन्मूलन, इरानका रेजा पहल्वीको श्वेतक्रान्ति र हाम्रा पृथ्वीनारायणको नेपालएकीकरणका अभियानले सज्जन र उदाहरणीय राजनेताको परिचय स्थापित गरायो । हो त्यही छाँटका सत्पुरुषको प्रतीक्षामा छ नेपाली जनता । जो अष्टावक्रले भनेझैँ ‘मुुक्तिमिच्छति हे तात ! विषयान् विषवत् त्यज’ अर्थात् विषयवासना (काम, क्रोध र लोभादि) बाट मुक्त भएको प्लेटोको शब्दमा ‘फिलोसफर किङ’ होस् जसले गरिबी, विभेद तथा अन्य झञ्झटबाट आम नेपाली जनतालाई मुक्ति दिन सकोस् । जालीझेली, वाक्तस्कर, कोरा नारा बाँड्ने र स्वार्थको अँध्यारोमा घेराबन्दीमा पर्न रमाउने साँगुरा विचारका दुनुुमगजे धराप प्रवृत्ति भत्काएर एउटा विशाल छाती भएका असल मानिस राष्ट्रको उपकारमा तल्लीन हुने कर्मवादी साँच्चैको षड्रिपुु जित्नसक्ने महानायक चाहिरहेका छन् आमनेपालीले ।

बद्नाम काण्डै काण्ड रच्ने बिप्ल्याटा प्रकाण्डबाट अब देश र जनता शोषित तथा उत्पीडित बन्न हुुन्न । यहाँ सबै सबै कोकोहोलो, स्टन्टबाजी, पिरलोको बाजा बजाएर अझै पनि जनता झुक्याउन तमासा मञ्चन भइरहेको देखिन्छ । भन्छन् : ‘संसद्लाई घेरबन्दी भयो ! भ्रष्टाचार फाइल खोल्दा घेराबन्दी भयो ! महागठबन्धनले पार्टीविरूद्ध घेराबन्दी गर्‍यो ! परिवर्तन उल्ट्याउन प्रतिगामी र पश्चगामीबाट घेराबन्दी भयो ! उद्योगीहरूको रोदन छ उद्योगको घेरवन्दी भयो ! वित्तीय निकायहरूको असन्तोष छ ऋणीहरूबाट घेराबन्दी भयो ! ऋणीहरूको दीनहीन क्रन्दन छ बैँकहरूले घेराबन्दीमा पारेर अँचेटे ! प्रधानमन्त्रीविरूद्ध, कोइरालाविरुद्ध, देउवाविरुद्ध, गगनलगायत ओली, माकुने सबै सबका विरुद्ध घेरबन्दी गरालो तेर्सिएर चौपट परेको कथा सुनाइरहेका छन् । वास्तवमा यी स्वार्थन्ध प्रवृत्ति आआफ्नै शुुभलाभार्थ घेराबन्दीमा परे भनेर जनता आक्रोशको आगो ओकलिरहेका छन् ।

ADVERTISEMENT

सबै मिलेर एक स्वरमा मन, वचन र कर्मको एकरूपतामा तलको पङ्क्ति न्वारनदेखिको बलमा गाउँदै समृद्ध नेपाल निर्माणार्थ परस्पर हातेमालो गरौँ र तत्वज्ञानको माध्यमबाट राज्य चलाऔँ ! घेरबन्दीका महाहजुुबाउ बनेका अतिभन्दा अति दरिला फलामे साङ्ला छिनालौँ !

यहाँका अगुवाहरूले ‘म’ कहिल्यै ‘मेरो हुँदैन र ‘मेरो’ कहिल्यै ‘म’ हुुँदैन’ भन्ने दर्शन बुुझ्ने कोसिसै गरेनन् । कविशिरोमणिको यो कवितामा एकैछिन खुराफाती मगजलाई हुत्याएर डुुब त !
यो छाला हाडमासुु रगतहरू सबै, देखिने बाहृय बोक्रो ।
त्यो बोक्राभित्र अर्को अलिकति मसिनुु, प्राण दोस्रो छ बोक्रो ।।
तेस्रो त्यस्भित्र अर्को मन अझ उसको, भित्र आनन्द बोक्रो ।
बोक्राको तुच्छ धोक्रो लिइकन म भनी, बोल्छ को भित्र खोक्रो ।।१।।
फगत् हामी बोक्रैबोक्राका खोक्रा र रित्ता तुुच्छ धोक्रा हौँ भन्ने परम ज्ञान किन आएन यी ठूला भनेका मनुवामा ? अनि यो भोगवादमा लठ्ठिएका, वित्तवादमा चित्तलाई लम्पसार बनाएका, मान र अभिमान रहिरहोस् भनी तिल्मिलाएकाहरूले तलको यो पङ्तिमा एकैछिन मग्न भए घेराबन्दीबाट मुक्त हुन्थे कि ?

भोगे रोगभयं कुले च्युुति भयं वित्ते नृपालात् भयम् ।
माने दैन्य भयं बले रिपुु भयं रूपे जरायाः भयम् ।।
वादे शास्त्र भयं गुणे खल भयं, काये कृतान्ताद् भयम् ।
सर्वे वस्तुु भयान्वितं भुवि नृणां वैराग्यमेवाभयम् ।।
अर्थात् भोग गर्दा रोगको डर, काम गर्दा कुलीनताबाट च्युत होइन्छ कि भन्ने डर, धेरै धन संग्रह गर्दा राष्ट्रिय करण होला कि भन्ने पिरलो, पदीय मान र शानबाट चिप्लिन्छ कि भन्ने त्रास, यो सुन्दर मुहार चाउरिएर बूूढो बनिन्छ कि भन्ने चिन्ता, शास्त्रार्थ गर्दा वादविवादमा पराजित होइन्छ कि भन्ने कायरता, सबैले गुणी भनेर प्रशंशा गर्थे अब बैगुनी भनेर लघार्छन् कि भन्ने लघुताभास, यसरी यो धराधाममा सबै पक्ष भयङ्कर बनेर भयको खेती गरिरहेका छन् ।

यही हो घेराबन्दी ! यही हो जेलनेल ! यही हो राक्षसावतार ! त्यसैले केवल वैराग्य अर्थात् मनमा कसैका प्रति राग भाव पैदा नहुने अवस्था (काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य) उत्पन्न गराउन वैराग्यको शरण पर त अर्थात् प्लेटोको फिलोसफर किङ बन त ! वा वेदव्यासको ‘यावत् भृयेत जठरं तावत् स्वत्वं हि देहिनाम् । अधिकं योऽभिमन्येत सस्तेनो दण्डमर्हतिको अनुशरण गरी जीवनको दैनिकी रूपान्तरण गर त ! तब तिमी निर्भय पाएर साँच्चैका राजनेता बन्छौ । घेराबन्दीका फलामे साङ्ला आफैँ चुँड्छन् ।

यसैले सबैभन्दा पहिले आआफ्नै विगतका फाइल खोलेर नाइल नदी बन्ने हिम्मत परिवर्तनका वाहक हौँ भन्नहरूले ‘ॐ मम वा वयम् ’गर त ! तब यो देवभूमि साँच्चैको स्वर्ग हुँदैन र नेपाल ! सधैँ श्रीमती, परिवार, नाताकुटुम्ब, उपगुट, गुट, दल र प्रतिपक्ष हुँदै परशक्तिको घेरबन्दीमा परेर कसरी देशको वागडोर समात्न सकिन्छ । त्यसैले सबै क्षेत्रमा घेराबन्दीमा बन्धक बनेकाहरूले अबेला नगरी आफैँप्रति निर्मम गरेर आत्मशोधनको यज्ञ चलाऊन् र भनूून् —ः
एकं शास्त्रं देवकी पुत्र गीतम् ।
एको देवः देवकी पुत्र एव ।।
एको मन्त्रः तस्य नामानि यानि ।
कर्माप्येकं तस्य देवस्य सेवा ।।
सबै मिलेर एक स्वरमा मन, वचन र कर्मको एकरूपतामा तलको पङ्क्ति न्वारनदेखिको बलमा गाउँदै समृद्ध नेपाल निर्माणार्थ परस्पर हातेमालो गरौँ र तत्वज्ञानको माध्यमबाट राज्य चलाऔँ ! घेरबन्दीका महाहजुुबाउ बनेका अतिभन्दा अति दरिला फलामे साङ्ला छिनालौँ ! ती त्यत्तिकै घुँडा टेकेर परास्त हुन्छन् । सच्चिदानन्द रूपाय विश्वोत्पत्यादि हेतवे ।

तापः त्रय विनाशाय श्रीकृष्णाय वयं नुमः ।। अस्तु !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *