काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आज बंगलादेश जाँदै हुनुहुन्छ ।
‘छैटौं इन्डियन ओसन कन्फ्रेन्स २०२३’ सहभागी हुन परराष्ट्रमन्त्री साउद आज बंगलादेशको राजधानी ढाका जान लाग्नुभएको हो ।
‘हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्ने’ मूल कार्यपत्रमा छलफल गर्न मन्त्री साउद बिहान ११ बजे ढाका प्रस्थान गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
भारतीय विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामा हुने सम्मेलन दुई दिनसम्म चल्नेछ । बेलायतका राजा चार्ल्स तृतियको राज्याभिषेकमा सहभागी भएर बुधबार मात्र उहाँ स्वदेश फर्कनुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता